असोज ९ देखि ११ सम्म भारीदेखि धेरै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

हिमाल प्रेस ५ असोज २०८३ १९:२५ | Monday, September 21, 2026
असोज ९ देखि ११ सम्म भारीदेखि धेरै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ- मौसम विज्ञान विभागले आगामी असोज ९ गतेदेखि असोज ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीसहित भारीदेखि धेरै वर्षा हुने सम्भावना रहेको जनाएको छ।

विभागले यी दुई प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारीदेखि धेरै भारी तथा एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको हो।

त्यसैगरी कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यसम्म वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भूभाग आसपास रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भई पश्चिम–उत्तरपश्चि दिशातिर सर्ने देखिएको छ।

यसको प्रभावले बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना समेत रहेको विभागको भनाइ छ।

भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले यस अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न अनरोध गरेको छ।

प्रकाशित: ५ असोज २०८३ १९:२५ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast