तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

हिमाल प्रेस ८ असोज २०८३ २०:०० | Thursday, September 24, 2026
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह फाइल तस्बिर।

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिहीबारदेखि आगामी तीन दिन देशभर प्रतिकूल मौसमी प्रणाली फैलिने भन्दै भारी वर्षा, बाढी, आकस्मिक बाढी र पहिरोको जोखिम रहेको जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयका अनुसार जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र मौसम विज्ञान विभागले यो प्रणालीको निरन्तर अनुगमन गरिरहेका छन्।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकुमार शाक्यद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सर्वसाधारणलाई बाढीको जोखिमसम्बन्धी पूर्वजानकारी लिनका लागि टोल फ्री नं ११५५ सञ्चालनमा ल्याइएको छ।

बाढी र मौसमसम्बन्धी आधिकारिक ‘अपडेट’का लागि आधिकारिक ‘फेसबुक पेज’हरू Nepal Flood Alert तथा बाढी र मौसमसम्बन्धी आधिकारिक ‘अपडेट’का लागि आधिकारिक ‘फेसबुक पेज’हरू Nepal Flood Alert तथा एवं ‘वेबसाइट’हरू hydrology.gov.np र dhm.gov.np बाट नियमित बुलेटिन तथा सूचनाहरू प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ।

विपद् पूर्वतयारीलाई थप प्रभावकारी बनाउन जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढी पूर्वानुमानको समयावधिमा महत्वपूर्ण विस्तार गरेको छ।

यही असोज ७ गतेदेखि नै लागू हुने गरी प्रमुख नदीहरूमा बाढी पूर्वानुमानको समयावधि साबिकको तीन दिनबाट बढाएर पाँच दिन पुर्‍याइएको छ।

त्यसैगरी, देशभरका स–साना नदीहरूमा आउने आकस्मिक बाढीको जोखिम पूर्वानुमानको समयावधि पनि एक दिनबाट बढाएर दुई दिनसम्म विस्तार गरिएको मन्त्रालयले जनाएको छ।

पूर्वानुमानको समयावधि थपिएसँगै सम्भावित बाढीको जोखिमबारे पहिले नै जानकारी प्राप्त भई पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकार्यका लागि थप समय उपलब्ध हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast