काठमाडौँ- यमपञ्चकअन्तर्गत लक्ष्मीपूजाको दिन आइतबार काठमाडौँमा फूलको व्यापार बढेको छ।
उपत्यकाका विभिन्न स्थानबाट तिहारमा सबैभन्दा बढी माग हुने सयपत्री फूलको किनबेच भएको छ। लक्ष्मीपूजा गर्दा आफ्नो घर, पसल सजाउका लागि सयपत्री फूलको अधिकतम प्रयोग हुने गरेको छ।
काठमाडौँ महानगरले स्थान नै तोकेर फूलको खरिदबिक्रि गर्ने व्यवस्था मिलाएको छ।
यस वर्ष तिहारमा ६४ करोड ५० लाख बराबरको फूलको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ। सयपत्री फूलका साथै भाइटीकामा प्रयोग हुने मखमली फूलको व्यापार समेत बढेको छ।
हाल देशभर ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्पखेती भइरहेको र पुष्प व्यवसायमा अनुमानित लगानी ११ अर्ब ५० करोड भन्दा बढी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ।
प्रकाशित: २२ कार्तिक २०८३ १६:३५ | Sunday, November 8, 2026
प्रतिक्रिया



