ट्र्याक्टरको ठक्करले प्रहरी जवानको मृत्यु

हिमाल प्रेस २२ कार्तिक २०८३ १५:२५ | Sunday, November 8, 2026
ट्र्याक्टरको ठक्करले प्रहरी जवानको मृत्यु

काठमाडौँ- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२-०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ त ३६३३ नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो।

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका-१ का २४ वर्षीय लोकेश भण्डारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पताल लगेकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी र्दिए।

दुर्घटनामा संलग्न ट्र्याक्टर र त्यसका चालक नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१३ का ३२ वर्षीय लोकबहादुर महतोलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको पण्डितले बताए।

दुर्घटनामा मृत्यु भएका भण्डारी काठमाडौँस्थित प्रहरी वृत्त सामाखुसीमा कार्यरत प्रहरी जवान रहेको पण्डितले जानकारी दिए।

प्रकाशित: २२ कार्तिक २०८३ १५:२५ | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast