गृहमन्त्री लामिछानेको मुद्दामा राय बाझियो, अब पूर्ण इजलासमा सुनुवाइ हुने

हिमाल प्रेस २० असार २०८१ १९:५७
66
SHARES
गृहमन्त्री लामिछानेको मुद्दामा राय बाझियो, अब पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ। न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको राय बाझिएको हो। न्यायाधीश सुवेदीले गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने र प्रधानले गृहमन्त्रीविरुद्ध निष्पक्ष अनुसन्धान हुनुपर्ने परमादेश गरेका थिए।

राय बाझिएपछि मुद्दाको छिनोफोनो हुन सकेन । छिनोफानोका लागि अब मुद्दा पूर्ण इजलासमा जानेछ।

सहकारी ठगीमा नाम जोडिएका लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले कतै पनि उजुरी र अभियोजन नरहेको भन्दै पत्र दिएको थियो। कास्कीमा सूर्यदर्शन सहकारीपीडितले लामिछानेविरुद्ध किटानी जाहेरी दिएको भए पनि महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई ‘क्लिनचिट’ दिएपछि अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए।

जेठ १ गते नै दायर भएको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो। अधिवक्ता भट्टराईले दरपिठविरुद्ध दिएको निवेदनको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दरपिठ खारेज गरिदिएपछि जेठ १४ मा रिट दायर भएको थियो।

प्रकाशित: २० असार २०८१ १९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =