पार्टीमा अस्वस्थ गतिविधि नगर्न र कोठाभित्रै मतभेद समाधान गर्न लामिछानेको नेताकार्यकर्तालाई आग्रह

हिमाल प्रेस ९ असार २०८३ १६:५४ | Tuesday, June 23, 2026
8
SHARES
पार्टीमा अस्वस्थ गतिविधि नगर्न र कोठाभित्रै मतभेद समाधान गर्न लामिछानेको नेताकार्यकर्तालाई आग्रह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र देखिने मतभेद, जिज्ञासा र असहमतिलाई सार्वजनिक विवादको विषय नबनाई आन्तरिक रूपमा समाधान गर्न नेताकार्यकर्तालाई आग्रह गरेका छन्।

पार्टीको जारी महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै लामिछानेले परिपक्व राजनीतिक दलका रूपमा पार्टीभित्रका मनमुटाव र प्रश्नहरूलाई छलफलमार्फत टुंग्याउनुपर्ने बताए। उनले मतभेदलाई सडक वा सार्वजनिक तमासाको विषय बनाउनुको सट्टा कोठाभित्र बसेर समाधान खोज्नुपर्ने धारणा राखे।

‘परिपक्व राजनीतिक दलका रूपमा हामीबीच भएका मनमुटाव, जिज्ञासा र प्रश्नहरूलाई आन्तरिक रूपमा छलफल गरेर टुंग्याउनुपर्छ। त्यसलाई सडकको तमासा बनाउने होइन,’ उनले भने।

लामिछानेले पार्टीभित्रका मतभेद समाधान गर्ने विशिष्ट क्षमता रास्वपासँग रहेको दाबी गर्दै त्यसको उदाहरण स्वयं नेताकार्यकर्ता र प्रतिनिधिहरूले प्रस्तुत गर्नुपर्ने बताए।

उनले पार्टीभित्र कुनै गुट, उपगुट वा प्यानल नबनाउन आग्रह गर्दै फोनफोनमा नाम सिफारिस गर्ने तथा भित्री समूह निर्माण गर्ने प्रवृत्तिबाट टाढा रहन नेताकार्यकर्तालाई सचेत गराए। ‘एक रास्वपा, एकढिक्का रास्वपा’को भावनाका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए।

लामिछानेले अनुशासन आयोग र निर्वाचन आयोगले महाधिवेशनका गतिविधिमाथि निगरानी गरिरहेको भन्दै रास्वपालाई मत दिएका ५२ लाख नागरिकले पनि पार्टीको गतिविधिलाई नियालिरहेको बताए।

प्रकाशित: ९ असार २०८३ १६:५४ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast