अपराध अनुसन्धानलाई नतिजामुखी बनाउनुपर्छ : मुख्यमन्त्री शाह

हिमाल प्रेस १३ असार २०८३ १४:०९ | Saturday, June 27, 2026
6
SHARES
अपराध अनुसन्धानलाई नतिजामुखी बनाउनुपर्छ : मुख्यमन्त्री शाह

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

धनगढीमा आज आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’ को उद्घाटन गर्दै उनले नागरिकको जीउधनको सुरक्षा र राज्यको सुरक्षा गर्ने जिम्मेवारी सरकार, सुरक्षा निकाय, अदालत तथा सञ्चार क्षेत्र सबैको साझा दायित्व भएको बताए।

‘राज्यका सम्पूर्ण निकाय एकअर्काका परिपूरक हुन्,’ मुख्यमन्त्री शाहले भने, ‘सबै निकायबीच समन्वय र सहकार्य भए मात्रै प्रभावकारी नतिजा हासिल गर्न सकिन्छ।’

उनले जनताको सुरक्षालाई केन्द्रमा राखेर काम गर्न सकेमा राज्यप्रति नागरिकको विश्वास बढ्ने बताए।

प्रकाशित: १३ असार २०८३ १४:०९ | Saturday, June 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast