रविले दिए सभापतिमा उम्मेदवारी, बालेन्द्र प्रस्तावक

हिमाल प्रेस ९ असार २०८३ २१:०२ | Tuesday, June 23, 2026
18
SHARES
रविले दिए सभापतिमा उम्मेदवारी, बालेन्द्र प्रस्तावक

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभापति पदमा उम्मेदवारी दिएका छन्।

चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीको आगामी नेतृत्वका लागि लामिछानेले उम्मेदवारी दर्ता गराएका हुन्।

उनको प्रस्तावक पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह रहेको लामिछानेको सचिवालयले जनाएको छ।

पार्टीको नयाँ बन्ने कार्यसमितिको सभापतिमा लामिछाने र वरिष्ठ नेता प्रधानमन्त्री शाह सर्वसम्मत हुने पक्का जस्तै छ।

रस्वपाको केन्द्रीय निर्वाचन आयोगले जनाएअनुसार सर्वसम्म हुन नसकेका पदका लागि बुधबार मतदान हुनेछ।

प्रकाशित: ९ असार २०८३ २१:०२ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast