अस्ट्रेलिया विश्वकपको नकआउटमा 

हिमाल प्रेस १२ असार २०८३ ११:०८ | Friday, June 26, 2026
12
SHARES
अस्ट्रेलिया विश्वकपको नकआउटमा 

काठमाडौँ- फिफा विश्वकप फुटबल प्रतियोगितामा अस्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा सम्पन्न खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो।

समूह ‘डी’बाट चार अङ्क बटुलेको अस्ट्रेलिया समूह उपविजेता बन्दै नकआउटमा प्रवेश गरेको हो।

त्यस्तै ६ अङ्कका साथ शीर्ष स्थानमा रहेको अमेरिका समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको छ। अस्ट्रेलियासँग बराबरी खलेको पाराग्वेको भने नकआउट चरणमा पुग्ने सम्भावना कायमै रहेको छ।

सोही समूहमा रहेको टर्की ३ अङ्कका साथ प्रतियोगिताबाट बाहिरिएको छ।

आजै भएको अर्को खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित भएको थियो।

यसअघि दुई खेलमा जित निकालेको अमेरिका शीर्ष स्थानमा रहेर समूहको विजेता बनेको हो।

प्रकाशित: १२ असार २०८३ ११:०८ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast