गगन थापा जब रास्वपा महाधिवेशन मञ्चमा पुगे…

हिमाल प्रेस ७ असार २०८३ १६:५३ | Sunday, June 21, 2026
22
SHARES
गगन थापा जब रास्वपा महाधिवेशन मञ्चमा पुगे…

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूको सहभागिताबीच कार्यक्रमस्थलमा हुटिङ र सिठ्ठीको दृश्य देखिएको छ।

चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा आयोजित महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुन पुगेका बेला केही रास्वपा कार्यकर्ताले सिठ्ठी बजाउँदै हुटिङ गरेका थिए। उनलाई रास्वपा प्रवक्ता मनीष झाले मञ्चमा स्वागत गरेका थिए।

कार्यक्रम स्थलमा थापा प्रवेश गर्ने क्षणदेखि नै उनको दृश्य स्क्रिनमा देखाइएपछि कार्यकर्ताहरूले प्रतिक्रिया जनाएका थिए। यस्तै, अन्य नेताहरू मञ्चमा आउँदा पनि हुटिङ भएको थियो। रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले मञ्चमा प्रवेश गर्दा पनि केही कार्यकर्ताले सिठ्ठी बजाएका थिए।

उक्त महाधिवेशनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपाका नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिंदेन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरू सहभागी छन्।

घण्टी बजाएर महाधिवेशन उद्घाटन गरिएको छ। सभापति लामिछाने र प्रधानमन्त्री शाह उपस्थित भएपछि औपचारिक कार्यक्रम सुरु गरिएको थियो।

उद्घाटनका क्रममा मञ्चमा रहेका अतिथिहरूलाई घण्टी वितरण गरिएको र प्रधानमन्त्री शाहले नै केही नेताहरूलाई घण्टी प्रदान गरेका थिए। त्यसपछि सहभागीहरूले घण्टी बजाउँदै महाधिवेशन उद्घाटन गरिएको हो।

प्रकाशित: ७ असार २०८३ १६:५३ | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast