सुहाङ नेम्वाङ एमालेको केन्द्रीय कानुन विभाग सदस्य

हिमाल प्रेस १ चैत २०८० ८:३७
2
SHARE
सुहाङ नेम्वाङ एमालेको केन्द्रीय कानुन विभाग सदस्य

काठमाडौँ- सुहाङ नेम्वाङ नेकपा एमालेको कानुन विभाग सदस्य मनोनीत भएका छन्।

उनलाई फागुन ३ गते बसेको एमालेको २७ औं सचिवालय बैठकले कानुन विभागको सदस्यमा नियुक्त गरेको हो।

पार्टी महासचिव शंकर पोखरेलले फागुन २६ गते पत्र पठाउँदै नियुक्तिको जानकारी दिएका छन्।

नेम्वाङले इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि पार्टीमा निवेदन पनि दिएका छन्।

उनी एमालेका दिवंगत नेता सुवास नेम्वाङका छोरा हुन्।

प्रकाशित: १ चैत २०८० ८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =