एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल

हिमाल प्रेस २६ वैशाख २०८१ ७:४३
2
SHARE
एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल

काठमाडौँ- नेकपा एमालेको नवौँ रसुवा जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ।

मंगलबार सम्पन्न अधिवेशनले जर्नादन ढकालको अध्यक्षतामा नयाँ जिल्ला कमिटी गठन गरेको हो। कमिटीको उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिवमा पेम्वा लामा, दुई उपसचिवमा चमेली गुरुङ, र सुकबहादुर तामाङ रहेका छन्।

यस्तै सदस्यमा भवानीप्रसाद न्यौपाने, हेमनाथ खतिवडा, अम्बिका पौडेल, बेली बुलुन, प्रतिमा लामा, नवीना लामा, कुमार नगरकोटी, विष्णुप्रसाद पौडेल लगायत रहेका छन्।

यसैगरी लेखा आयोगका संयोजकमा गोविन्द घिमिरे चयन भएका छन् । यही वैशाख २२ गते पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए।

जिल्ला कमिटीको सबै पद सर्वसम्वतले चयन भएको नवनिर्वाचित अध्यक्ष ढकालले जानकारी दिए।

प्रकाशित: २६ वैशाख २०८१ ७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =