एमाले संसदीय दलको बैठक जारी (तस्बिरसहित)

दिपेश श्रेष्ठ २ जेठ २०८१ १३:३९
एमाले संसदीय दलको बैठक जारी (तस्बिरसहित)

काठमाडौँ- नेकपा एमाले संसदीय दलको बैठक आज बसिरहेको छ।

संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि बैठक जारी छ।

संसदीय दलको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र संसद्को गतिरोधबारे छलफल भइरहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रमका विषयमा पनि छलफल भइरहेको जनाइएको छ। आजको बैठकमा महासचिव शंकर पोखरेलदेखि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासम्मको उपस्थिति छ।

प्रकाशित: २ जेठ २०८१ १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =