मदन–जीवराज स्मृति दिवस आज

हिमाल प्रेस ३ जेठ २०८१ ९:०९
14
SHARES
मदन–जीवराज स्मृति दिवस आज

काठमाडौँ- नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवस जनतालाई जागृत हुन उनीहरूले गरेको योगदानको स्मरण गर्दै आज मनाइँदैछ।

एमाले र नेकपा एकीकृत समाजवादीले विविध कार्यक्रम आयोजना गर्दैछन्।

विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी उनीहरूको निधन भएको थियो।

जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ।

प्रकाशित: ३ जेठ २०८१ ९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 6 =