एमालेले टुंग्यायो आफ्ना आठ मन्त्रीको नाम

हिमाल प्रेस २३ फागुन २०८० १५:१८
184
SHARES
एमालेले टुंग्यायो आफ्ना आठ मन्त्रीको नाम

काठमाडौँ- नेकपा एमालेले नयाँ सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ। एमालेले नयाँ सरकारमा आठ मन्त्रालय पाउने सहमति गठबन्धन दलबीच भएको छ। एमालेले पार्टी सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने गरी मन्त्रीको नाम टुंगो लगाएको हो।

एमालेका अनुसार महासेठको नेतृत्वमा पदम गिरी, भगवती चौधरी, दामोदर भण्डारी, राजेन्द्र राई, हरिप्रसाद उप्रेती, बलराम अधिकारी र ज्वालाकुमारी साहलाई मन्त्री बनाउने निर्णय भएको छ। उनीहरूले कुन कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन। पदम गिरीले भने यसअघि विनाविभागीय मन्त्रीको शपथ लिइसकेका छन्।

प्रकाशित: २३ फागुन २०८० १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 3 =