‘महाजात्रा’को गीत ‘आहा क्या राम्रो’

हिमाल प्रेस १ माघ २०८० १७:००
26
SHARES
‘महाजात्रा’को गीत ‘आहा क्या राम्रो’

काठमाडौँ- फिल्म ‘महाजात्रा’को ‘आहा क्या राम्रो’ बोलको गीत सार्वजनिक भएको छ। माघे संक्रान्तिको अवसरमा सोमबार ओएसआर डिजिटल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।

एक नारायण भण्डारीको शब्द रहेको गीत आशिष अविरल र अस्मिता अधिकारीले गाएका छन्। गीतमा गायक अविरलकै संगीत छ।

गीतको भिडियोमा फिल्मका कलाकार विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झासहित अतिथिको रुपमा कलाकार आश्मा विश्वकर्मा र अरुण क्षेत्रीको नृत्य देख्न सकिन्छ।

फिल्ममा अन्य कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, अर्जुनजंग शाही, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, गौमाया गुरुङ, दिव्य देव, सुमन कार्की, प्रविण खतिवडालगायतको अभिनय छ।

प्रदीप भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलले लगानी गरेका छन्। फिल्म चैत्र ९ गते प्रदर्शन हुनेछ। फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन्।

पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्म मित्र डी गुरुङको सम्पादन र कविराज गहतराको कोरियोग्राफी छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =