विभाजनतर्फ लागेनन् राज्यमन्त्री दीपक कार्की, उपेन्द्रसँगै रहेको प्रस्टोक्ति

हिमाल प्रेस २४ वैशाख २०८१ १२:२८
6
SHARES
विभाजनतर्फ लागेनन् राज्यमन्त्री दीपक कार्की, उपेन्द्रसँगै रहेको प्रस्टोक्ति

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद एवं राज्यमन्त्री दीपक कार्कीले आफू विभाजनतर्फ नलागेको बताएका छन्।

उनले विज्ञप्ति जारी गर्दै संस्थापन पक्षमा रहेको र कुनै गुटमा नलागेको बताएका हुन्।

उनका प्रमुख स्वकीय सचिव रामनारायण कापडिले निकालेको विज्ञप्ति अनुसार राज्यमन्त्रीका बारेमा सन्चारमाध्यममा भ्रामक प्रचार भइरहेको बताएका छन्।

जनता समाजवादी (जसपा)मा अध्यक्ष उपेन्द्र यादवले मनोमानी गरेको आरोप लगाउँदै अशोक राईसहित ७ प्रतिनिधि सभाले पार्टी विभाजन गरेका छन्।

राईसहित जसपा नेपालका नवलकिशोर साह, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान, सुशिला श्रेष्ठले दल विभाजन गरेका हुन्।

प्रकाशित: २४ वैशाख २०८१ १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =