यस्ताे छ ‘महाजात्रा’को ट्रेलर

हिमाल प्रेस २० फागुन २०८० १६:५०
16
SHARES
यस्ताे छ ‘महाजात्रा’को ट्रेलर

काठमाडौँ- फिल्म ‘महाजात्रा’को ट्रेलर सार्वजनिक भएको छ। कमेडी जनरामा बनेको फिल्ममा भ्रष्ट नेताले लुकाउने कालो धनलाई मुख्य कथा बनाइएको छ।

ट्रेलरमा फिल्मका मुख्य पात्र मुन्ना, जोयस, फणिन्द्रले भ्रष्ट नेताको कालो धन लुकाउने काम गरेको देखिन्छ र उनीहरुले प्रहरीको सहयाेगमा ती भ्रष्ट नेतालाई जेलसम्म पु¥याएका छन्। फिल्ममा खलपात्रकाे भूमिकामा वरिष्ठ कलाकार हरिवंश आचार्य छन्।

हासो र रोदनको मिश्रणलाई मौलिकतामा प्रस्तुत गरिएको फिल्म चैत ९ गते विश्वभर प्रदर्शन हुनेछ।फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ,अर्जुनजंग शाही, सुमन कार्की,अरविन खड्कालगायत कलाकारको अभिनय छ।

फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराई हुन्। भने निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन्। पुरुषोत्तम प्रधानले छायांकन गरेका छन्। कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन तथा आशिष अविरल संगीतमा बनेको छ।

प्रकाशित: २० फागुन २०८० १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =