शिक्षा समितिद्वारा ६ उपसमिति गठन, कार्यविधि र आचारसंहिता पनि पारित

हिमाल प्रेस २० जेठ २०८३ १६:४८ | Wednesday, June 3, 2026
386
SHARES
शिक्षा समितिद्वारा ६ उपसमिति गठन, कार्यविधि र आचारसंहिता पनि पारित समिति सभापति डा.ओजस्वी शेरचन।

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आफ्नो कार्यसम्पादनलाई प्रभावकारी बनाउन ६ वटा विषयगत उपसमिति गठन गरेको छ। समितिले उपसमितिहरूको कार्यविधि र आचारसंहिता समेत पारित गरेको छ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभा नियमावलीअनुसार उपसमितिहरू गठन गरेको समितिकी सभापति डा.ओजस्वी शेरचनले जानकारी दिइन्। उनका अनुसार सबै उपसमिति समितिका सभापतिको मातहतमा रहनेछन् र उपसमितिको संयोजनको जिम्मेवारी पनि सभापतिले नै गर्ने व्यवस्था गरिएको छ।

बैठकले परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षासम्बन्धी अध्ययन उपसमिति, विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन अध्ययन उपसमिति, सूचना तथा सञ्चार अध्ययन उपसमिति तथा खेलकुद अध्ययन उपसमिति गठन गरेको हो।

परामर्श तथा समन्वय उपसमितिमा सांसदहरू डा.लेखजंग थापा, पुकार बम, प्रभा ढकाल, सीता थपलिया, रिङगला यादव, रमेशकुमार मल्ल, राधिका रम्तेल र महावीर पुन रहेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमितिमा कामिनी कुमारी, डा.चन्द्रमोहन यादव, डा.तोसिमा कार्की, प्रभा ढकाल, रिङगला यादव र डा.लेखजंग थापा सदस्य छन्।

शिक्षासम्बन्धी अध्ययन उपसमितिमा गणेश पौडेल, गुरुप्रसाद बराल, जगतप्रसाद जोशी, राधिका रम्तेल र रमेशकुमार मल्ल रहेका छन्।

विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन अध्ययन उपसमितिमा कुशुम महर्जन, झविलाल डुम्रे, पुकार बम, डा.प्रमिला कुमारी गच्छदार र महावीर पुन सदस्य छन्।

सूचना तथा सञ्चार अध्ययन उपसमितिमा खुश्बु सरकार श्रेष्ठ, शम्भुकुमार यादव, रविन महतो, विष्णुबहादुर खड्का र हरिप्रसाद भुसाल रहेका छन्।

खेलकुद अध्ययन उपसमितिमा अच्युतम लामिछाने, चन्दनकुमार सिंह, भीमकुमारी बुढामगर, राजन गौतम र सीता थपलिया सदस्य रहेका छन्।

सभापति शेरचनका अनुसार उपसमितिहरूले सम्बन्धित क्षेत्रका विषयमा अध्ययन, अनुगमन तथा सुझाव दिने कार्य गर्नेछन्।

प्रकाशित: २० जेठ २०८३ १६:४८ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast