राजर्षिजनक विश्वविद्यालयलाई ‘सेन्ट्रलाइज्ड डिजिटल प्रणाली’ मा लैजाने घोषणा

हिमाल प्रेस १२ कार्तिक २०८३ १४:०५ | Thursday, October 29, 2026
4
SHARES
राजर्षिजनक विश्वविद्यालयलाई ‘सेन्ट्रलाइज्ड डिजिटल प्रणाली’ मा लैजाने घोषणा

धनुषा- प्राज्ञिक विकास र गुणस्तरको सवालमा ठोस मुद्दाहरू उठाउँदै राजर्षिजनक विश्वविद्यालयले आफ्नो ९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ।

स्थापनाको ९ वर्ष पूरा गरी १०औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा विश्वविद्यालयले परम्परागत शैलीलाई तोड्दै अबका दिनमा गर्ने सुधार र मुख्य एजेन्डाहरूलाई सार्वजनिक गरेको हो।

कार्यक्रमको आरम्भमा विश्वविद्यालयका रजिष्ट्रार डा.जीवन काफ्लेद्वारा राष्ट्रिय झन्डा र विश्वविद्यालयको झन्डोतोलन गरिएको थियो भने उपकुलपति र रजिष्ट्रारद्वारा जारी संयुक्त शुभकामना सन्देशमा विश्वविद्यालयलाई गतिशील बनाउने एजेन्डालाई मुख्य प्राथमिकतामा राखिएको थियो।

यसपटकको वार्षिकोत्सवमा विश्वविद्यालयको प्रशासनिक, प्राज्ञिक र भौतिक सुधारका इस्यूहरूले बढी प्राथमिकता पाएका छन्।

विश्वविद्यालयले आफ्ना सम्पूर्ण शैक्षिक, प्रशासनिक, परीक्षा र लेखा प्रणालीलाई पूर्ण रूपमा ‘सिकाइ व्यवस्थापन प्रणाली’ र एकीकृत डिजिटल नेटवर्कअन्तर्गत ‘सेन्ट्रलाइज्ड’ प्रणालीमा लैजाने घोषणा गरेको छ।

यस्तै, ‘स्कुल अफ हेल्थ साइन्स’ को प्रभावकारी सञ्चालन, रोकिएका भौतिक पूर्वाधारहरूको निर्माणलाई तीव्र गति दिने र प्रयोगशालाहरूलाई प्रविधिमैत्री बनाउने विषयलाई मुख्य विषयका रूपमा उठाइएको छ।

मधेश प्रदेश र बजार मागअनुसार नैतिकवान्, प्राविधिक र नवप्रवर्तनकारी जनशक्ति उत्पादन गर्न पाठ्यक्रममा समयानुकूल सुधार गर्ने तथा विश्वविद्यालयभित्र हुने प्रशासनिक ढिलासुस्ती र बेथितिलाई अन्त्य गरी चुस्त कार्यशैली अपनाउने प्रतिबद्धता पनि जनाइएको छ।

समारोहमा विश्वविद्यालयका डिनहरू, प्राध्यापकहरू, कर्मचारीहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: १२ कार्तिक २०८३ १४:०५ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast