चिकित्सा शिक्षाको विगतका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

हिमाल प्रेस १२ कार्तिक २०८३ १३:५६ | Thursday, October 29, 2026
12
SHARES
चिकित्सा शिक्षाको विगतका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधनका लागि आन्दोलनरत विभिन्न पक्षसँग विगतमा भएका सहमतिको समीक्षा गर्दै तिनको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई सम्बन्धित निकायबीच समन्वय गरी समयमै टुंग्याउने निर्णय गरेको हो।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पाेखरेल तथा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहित सम्बन्धित पक्षको सहभागिता रहेको थियो।

बैठकमा हालसम्म कार्यान्वयनमा आएका सहमतिहरूको अवस्थाबारे समेत समीक्षा गरिएको थियो।

वर्तमान सरकारले विगतमा विभिन्न पक्षसँग गरेका सहमतिको नियमित समीक्षा गरी कार्यान्वयनलाई प्रभावकारी बनाउने योजनाअनुसार बैठक आयोजना गरिएको जनाइएको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १३:५६ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast