कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेस बाराका जिल्ला सभापति राजेशराय यादव निलम्बित भएका छन्।
कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बिहीबार बसेको बैठकले बारा जिल्ला सभापति यादवलाई निलम्बन गरेको हो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै पार्टी अनुशासन समितिमा उनीविरूद्ध उजुरी परेको थियो।
पाँचदिने र तीनदिने गरी दुई–दुईपटक सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि थप अनुसन्धान गर्न यादवलाई निलम्बन गरिएको अनुशासन समितिका सचिव दिनेश थापामगरले जानकारी दिएका छन्।
बाराका उपसभापति अमिरीलाल राउत (पाल) ले भने सफाइ पाएका छन्। स्पष्टीकरणको जवाफ सन्तोषजनक पाइएपछि उनलाई सफाइ दिइएको अनुशासन समितिले जनाएको छ।
त्यस्तै सर्लाही क्षेत्र नम्बर २ (१) प्रदेशसभा सदस्य सकुन्तीदेवी महरा (समानुपातिक), सर्लाही क्षेत्र नम्बर २(२) प्रदेशसभा सदस्य कौशलकिशोर राय र सर्लाही २(१) का प्रदेशसभा सदस्य जंगीलाल रायले स्पष्टीकरणको सन्तोषजनक जवाफ दिएकाले सफाइ पाएका छन्।




