मुख्यमन्त्री शाही र राजदूत बासबीच भेट

हिमाल प्रेस १७ कार्तिक २०८३ २०:५१ | Tuesday, November 3, 2026
8
SHARES
मुख्यमन्त्री शाही र राजदूत बासबीच भेट

कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच शिष्टाचार भेटवार्ता भएको छ।

भेटका अवसरमा दुई देशबीचको ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध स्मरण गर्दै कर्णाली प्रदेशको समग्र विकास, आधुनिक कृषि प्रणाली तथा प्रविधि हस्तान्तरणका विषयमा गहन छलफल भएको मुख्यमन्त्री शाहीले बताए।

उनका अनुसार छलफलमा इजरायलले कृषि क्षेत्रमा हासिल गरेको प्रविधिलाई कर्णालीको भौगोलिक परिवेश अनुकूल प्रयोगमा ल्याउने, सिक्दै सिकाउँदै कार्यक्रममार्फत कर्णालीका युवालाई थप अवसर प्रदान गर्ने र त्यहाँ फर्किएका जनशक्तिको सीपलाई प्रदेशको कृषि रुपान्तरणमा सदुपयोग गर्ने विषयमा कुराकानी भएको थियो।

भेटका क्रममा राजदूत बासले कर्णाली प्रदेशको कृषि, खानेपानी, प्रविधि हस्तान्तरण तथा क्षमता विकासका क्षेत्रमा सहयोग र साझेदारी विस्तार गर्न आफू सदैव सकारात्मक रहेको धारणा व्यक्त गरे।

साथै भेटमा सरकारी प्रणालीमार्फत, इजरायलमा केयरगिभरको रोजगारीको अवसर, जनस्तरको सम्बन्ध विस्तार, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा प्रविधि आदानप्रदानका सम्भावनाबारे समेत विमर्श भएको थियो।

प्रकाशित: १७ कार्तिक २०८३ २०:५१ | Tuesday, November 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast