ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब तत्काल बढाउन महासंघको माग

हिमाल प्रेस १९ जेठ २०८३ ११:२३ | Tuesday, June 2, 2026
812
SHARES
ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब तत्काल बढाउन महासंघको माग

काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षा क्षेत्रमा पर्याप्त बजेट नभएको बताएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि टिप्पणी गर्दै महासंघले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी हुनुपर्ने मागका विपरीत यस वर्ष केवल १०.२७ प्रतिशत बजेट मात्र छुट्याइएको जनाएको छ।

महासंघले प्रारम्भिक बालशिक्षा शिक्षक (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीको पद तथा तह निर्धारण गरी सोअनुसार तलब, भत्ता र सेवा सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

सबै शिक्षण सिकाइ अनुदान शिक्षकलाई महँगी भत्ता उपलब्ध गराउनुपर्ने, विद्यालयमा पठाइने मसलन्द तथा प्रशासनिक खर्चमा उल्लेख्य वृद्धि गर्नुपर्ने र सामुदायिक विद्यालय सञ्चालनलाई सहज बनाउने व्यवस्था गर्नुपर्ने माग पनि गरेको छ।

महासंघले २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्ले गरेको ९ बुँदे निर्णय तत्काल कार्यान्वयन गर्न तथा विद्युत् महसुलमा थप गरिएको कर फिर्ता लिन सरकारलाई आग्रह गरेको छ।

विद्यालय, विद्यार्थी, शिक्षक तथा कर्मचारीमैत्री र अग्रगामी विद्यालय शिक्षा ऐन शीघ्र जारी गरी विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन गर्नुपर्ने मागसमेत गरिएको छ।

प्रकाशित: १९ जेठ २०८३ ११:२३ | Tuesday, June 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast