‘महाजात्रा’को टिजरः लुटेको पैसा लुकाउन गरिएको संघर्ष

हिमाल प्रेस ९ फागुन २०८० ११:४७
14
SHARES
‘महाजात्रा’को टिजरः लुटेको पैसा लुकाउन गरिएको संघर्ष

काठमाडौँ- फिल्म ‘महाजात्रा’ टिजर सार्वजनिक गरिएको छ। १ मिनेट १२ सेकेण्डको टिजरमा लुटेको पैसा लुकाउन गरिएको संघर्ष वरिपरि घुमेको छ। यो फिल्म ‘जात्रा’को तेस्रो शृङ्खला हो।

फिल्ममा कलाकार हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ,अर्जुनजंग शाही, सुमन कार्की,अरविन खड्कालगायत कलाकारको अभिनय छ।

फिल्म चैत्र ९ मा नेपालसहित विदेशमा समेत प्रदर्शन फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराई हुन्। निर्देशक भट्टराईले फिल्मको कथा यसअघिका सिक्वलकै थिममा रहेको बताएका छन्। फिल्मका निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन्।

हासो र रोदनको मिश्रणलाई मौलिकताका साथ प्रस्तुत गरिएका फिल्म पुरुषोत्तम प्रधानले छायांकन गरेका छन्। कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन तथा आशिष अविरल संगीतमा बनेको छ।

यस्ताे छ टिजर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =