विजयकुमार पाण्डेले फिल्म निर्देशन गर्ने, विपिन कार्की मुख्य भूमिकामा

हिमाल प्रेस २४ जेठ २०८३ १२:१२ | Sunday, June 7, 2026
22
SHARES
विजयकुमार पाण्डेले फिल्म निर्देशन गर्ने, विपिन कार्की मुख्य भूमिकामा

काठमाडौँ-  पत्रकार तथा लेखक विजयकुमार पाण्डेले अब फिल्म निर्देशन गर्ने भएका छन्।

अभिनेता विपिन कार्कीले निर्माण गर्ने फिल्मबाट उनले निर्देशकीय यात्रा सुरु गर्न लागेका हुन्। विभिन्न चरणको छलफलपछि शुक्रबार उनीहरूबीच फिल्ममा सहकार्य गर्ने मौखिक सहमति भएको हो। फिल्मको नाम भने अहिलेसम्म तय नभएको विपिनले जानकारी दिए।

विजयसँगको सहकार्यबारे विपिनले फेसबुकमार्फत जानकारी दिँदै भनेका छन्, ‘आजको भेट केवल एउटा भेटघाटमा सीमित रहेन, यसले आगामी दिनहरूमा सँगै सिर्जना र सहकार्य गर्ने सम्भावनाप्रति अझ उत्साहित बनायो। भविष्यमा हामीले सँगै केही अर्थपूर्ण र स्मरणीय कामहरू गर्ने योजनाले मनमा नयाँ ऊर्जा र उत्साह थपेको छ।’

फिल्मको निर्माण विपिन र उनका साथीहरूको कम्पनी लाइट वेन्डर्स प्रालिले गर्नेछ । दशैंपछि छायांकनको योजना बनाइएको उक्त फिल्मको निर्माण लागत ४ करोड अनुमान गरिएको छ। विपिन स्वयंको मुख्य भूमिका रहने फिल्मको स्क्रिप्ट पत्रकार पाण्डे आफैँले लेखिरहेका छन् । फिल्मले एक व्यक्तिको जीवन यात्राको कथा पेस गर्ने जनाइएको छ।

एक वर्षअघि पत्रकार पाण्डेले छोरी सारासँगको पोडकास्टमा आफूले केही समयदेखि एउटा फिल्मको स्क्रिप्ट लेखिरहेको बताएका थिए । उक्त स्क्रिप्ट ‘फिक्सन’ (कल्पना गरेर बनाइएको पात्र, घटना र ठाउँ)मा आधारित रहेको उनको भनाइ थियो । उनले अब ‘फिक्सन’ फिल्मको स्क्रिप्ट लेखनमा जोड दिने समेत बताएका थिए । उनले यसअघि केही डकुमेन्ट्री बनाइसकेका छन्।

प्रकाशित: २४ जेठ २०८३ १२:१२ | Sunday, June 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast