पक्राउ परेका आन्दोलनकारी अक्रामसहित दुईजना रिहा

हिमाल प्रेस १० कार्तिक २०८३ १६:२१ | Tuesday, October 27, 2026
2
SHARE
पक्राउ परेका आन्दोलनकारी अक्रामसहित दुईजना रिहा लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्राम खान

बुटवल- लुम्बिनी विकास कोषको उपाध्यक्षमा नवनियुक्त आनी छोइङ डोल्माको विरोधमा आन्दोलन गरेका मध्ये पक्राउ गरिएका दुईजनालाई मंगलबार दिउँसो प्रहरीले रिहा गरेको छ।

सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्राम खान र वाजिउद्दिन मुसलमान सोमबार राति पक्राउ परेका थिए। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिउँसो कागजपत्र गरी छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ स्थित सार्वजनिक स्थानमा उच्छृङ्खल गतिविधि गरी शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

लुम्बिनी बचाउ महाअभियानले भने खाँनलाई नियुक्तिको बिषयमा विरोध गरेको निहुँमा पक्राउ गरेको भन्दै विरोध गरेको थियो। खानलाई प्रहरीले आवश्यक सोधपुछ र कागज गरी छाडेको भएपनि महाअभियानका सदस्यहरुले भने फूलमाला लगाएर स्वागत गरेका थिए।

प्रकाशित: १० कार्तिक २०८३ १६:२१ | Tuesday, October 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast