‘ऊनको स्वीटर’को पहिलो गीत ‘फूल’

हिमाल प्रेस ३ फागुन २०८० १७:२७
6
SHARES
‘ऊनको स्वीटर’को पहिलो गीत ‘फूल’

काठमाडौँ- फिल्म ‘ऊनको स्वीटर’को पहिलो गीत ‘फूल’ सार्वजनिक भएको छ। फिल्मको मुख्य कलाकार विपिन कार्की र मिरुना मगर अभिनीत गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो।

सुजन चापागाईंको स्वर तथा संगीत रहेको गीतमा हर्क साउदको शब्द छ।

फिल्म नविन चौहानको पटकथा लेखन र निर्देशन बन्न लागेको हो। फिल्ममा विपिन र मिरुनासहित माओत्से गुरुङ, एलेक्स पारस, परिक्षा लिम्बु, अनिल सुब्बा, सुजर तमु, मिलन खत्री, अरूण पुन मगर, भावना खापाङ, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ र नरेश लावतीको अभिनय छ।

आर्टमाण्डुले निर्माण गर्न लागेको फिल्म वैशाखबाट छायांकन हुने जनाइएको छ। फिल्म पाँचथरमा छायांकन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =