इलाममा मेडिकल कलेज खोल्न पूर्वप्रधामन्त्री खनालले थाले परामर्श

हिमाल प्रेस २४ पुष २०८० ७:११
4
SHARES
इलाममा मेडिकल कलेज खोल्न पूर्वप्रधामन्त्री खनालले थाले परामर्श

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाममा मेडिकल कलेज स्थापना गर्ने विषयलाई तीव्रता दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गरेका छन् ।

पूर्वप्रधानमन्त्री खनालले सोमबार डल्लुस्थित आफ्नै निवासमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईसँग भेट गरी मेडिकल कलेज स्थापनाको प्रक्रिया चाँडो अघि बढाउन आग्रह गरेका हुन् ।

भेटमा कोशी प्रदेशसभाका पूर्वसदस्य धिरेन शर्मा रमण, इलाम नगरपालिकाका मेयर केदार थापालगायत सहभागी थिए ।

गत असारमा पनि पूर्वप्रधानमन्त्री खनाल नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यही विषयमा ज्ञापनपत्र बुझाएको थियो ।

आजको भेटमा शिक्षामन्त्री राईले इलाममा मेडिकल कलेजका लागि सरकारले सक्दो पहल गर्नेगरी सकारात्मक प्रतिक्रिया दिएको खनालको सचिवालयले जनाएको छ ।

प्रकाशित: २४ पुष २०८० ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =