हेड र अभिषेकको आक्रामक ब्याटिङले लखनउमाथि हैदराबादको १० विकेटको जित

हिमाल प्रेस २७ वैशाख २०८१ ७:४०
4
SHARES
हेड र अभिषेकको आक्रामक ब्याटिङले लखनउमाथि हैदराबादको १० विकेटको जित

काठमाडौँ- ट्रेभिस हेड र अभिषेक शर्माको आक्रामक ब्याटिङसँगै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।

बुधबार राति सम्पन्न खेलमा हैदराबाद १० विकेटले विजयी भएको हो। लखनउले दिएको १६६ रनको लक्ष्य पछ्याएको हैदराबादले ९.४ ओभरमा कुनै विकेट नगुमाई १६७ रन बनाएको हो।

जितसँगै हैदराबाद अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। हैदराबादले १२ खेलबाट ७ जितसहित १४ अंक जोडेको छ। हैदराबादले आगामी खेल गुजरात टाइटन्स र पञ्जाब किंग्ससँग खेल्नेछ। तीमध्ये कुनै एकविरुद्ध जिते हैदराबाद प्लेअफमा पुग्न सक्छन्।

लखनउको पराजयले अब दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्ससँग खेल्ने छ। १२ खेलबाट १२ अंक जोडेको लखनउ तालिकाको छैटौँ स्थानमा छ।

हैदराबादका ट्रेभिस हेडले सर्वाधिक ८९ रन बबनाए। ३० बल खेलेका उनले ८ चौका र ८ छक्का प्रहार गरे। अर्का ओपनर अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्कासहित ७५ रन बनाए।

त्यसअघि राजीव गान्धी अन्तर्राष्‍ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६५ रन बनाएको हो।

लखनउका आयुष बदोनीले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए। ३० बल खेलेका उनले ९ चौका प्रहार गरे। कप्तान केएल राहुल २९ र क्रुणाल पाण्ड्या २४ रनमा आउट हुँदा निकोलस पूरन ४५ रनमा अविजित रहे।

हैदराबादका भुवनेश्वर कुमारले सर्वाधिक २ विकेट लिए। प्याट कमिन्सको नाममा १ विकेट रह्यो।

प्रकाशित: २७ वैशाख २०८१ ७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 9 =