च्याम्पियन्स लिग : बार्यनलाई हराउँदै रियल फाइनलमा, उपाधिका लागि डर्टमण्डसँग भिड्ने

हिमाल प्रेस २७ वैशाख २०८१ ७:०१
20
SHARES
च्याम्पियन्स लिग : बार्यनलाई हराउँदै रियल फाइनलमा, उपाधिका लागि डर्टमण्डसँग भिड्ने

काठमाडौँ- रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।

बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखलाई २-१ गोलले हराउँदै समग्रमा ४-३ को नतिजासहित रियल म्याड्रिड फाइनलमा पुगेको हो।

खेलमा १-० ले पछि परेको रियल म्याड्रिडले खेलको ८८औँ र ९१औं मिनेटमा गोल गर्दै जित हासिल गरेको थियो। रियल म्याड्रिडका लागि दुवै खेल जोसेलुले गरेका थिए।

त्यस्तै बायर्न म्युनिखका लागि एक गोल अलफोसनो डाभिजले गरेका थिए।

यस अघि सम्पन्न सेमिफाइनलको पहिलो लिग २(२ गोलको बराबरीमा सकिएको थियो।

अब रियल म्याड्रिडले फाइनलमा जर्मनी क्लब बोरुसिया डर्टमण्डको सामना गर्ने छ । फाइनल खेल जुन २ मा लण्डनस्थित विम्बली स्टेडियममा हुने छ।

 

प्रकाशित: २७ वैशाख २०८१ ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 15 =