बालुवाटार र संसद्‌बाट मात्रै समाजवादी क्रान्ति सम्भव छैन : झलनाथ खनाल

हिमाल प्रेस २० चैत २०८० १६:४८
14
SHARES
बालुवाटार र संसद्‌बाट मात्रै समाजवादी क्रान्ति सम्भव छैन : झलनाथ खनाल फाइल तस्बिर/हिमाल प्रेस

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव नहुने टिप्पणी गरेका छन्। मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रान्तिका लागि सबैभन्दा ठूलो माध्यम सडक रहेको बताए। उनले सडकबाट जनताका आवाज बुलन्द गरी एकत्रित बनाएर आन्दोलित हुन जरुरी रहेको बताए।

‘खाली बालुवाटार र संसदबाट क्रान्ति हुँदैन। नेपाली विशेषताको समाजवादी त्यहाँबाट मात्रै आउँदैन। हामीले सडकबाट संघर्ष गर्नुपर्छ। सदन र सडकलाई हामीले उपयोग गर्नैपर्छ,’उनले भने, ‘तर, सडक प्रमुख कुरा हो। जनता नै हाम्रो पहिलो शक्ति हुन्।’

पूर्वप्रधानमन्त्री खनालले सदन र सडकलाई सँगसँगै उपयोग गरेमात्रै समाजवादी क्रान्ति सम्भव हुने बताए। उनले जनताको इच्छालाई बुझेर एकतावद्ध गरी आन्दोलित गर्ने काम नगरीकन नेपाली विशेषताको समाजवाद आउन नसक्ने बताए। उनले अहिलेको सरकार विचार मिल्नेहरूको सरकार भएकाले प्रगतिशील नीतिका कार्यक्रम अघि बढाउन आवश्यक रहेको बताए।

नेता खनालले भ्रष्टाचारलाई उन्मूलन गर्न सरकारले आवश्यक पहल गर्नुपर्ने बताए।

प्रकाशित: २० चैत २०८० १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + ten =