झलनाथको टिप्पणी : सरकार भत्काउन दक्षिणपन्थी शक्तिहरू लागे

हिमाल प्रेस २६ फागुन २०८० १३:०१
20
SHARES
झलनाथको टिप्पणी : सरकार भत्काउन दक्षिणपन्थी शक्तिहरू लागे

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले हाम्रो देशको रणनीतिक महत्वका कारणले भूराजनीतिक शक्तिहरूको चासो दिन प्रतिदिन बढिरहेको टिप्पणी गरेका छन्।

शनिबार बिहान सरकारलाई शुभकामना दिँदै खनालले नयाँ गठबन्धनको सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू चलखेल र षड्यन्त्रमा लागेको टिप्पणी गरेका हुन्।

कांग्रेस(माओवादीबीचको गठबन्धन टुटेर अहिलेको सरकार बन्नु सकारात्मक परिवर्तन रहेको उनको तर्क छ।

‘यो सरकार बन्दा आमजनतामा नँया आशाको संचार भएको छ र मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरू समेत यो सरकारप्रति सकारात्मक देखिएका छन्,’ शनिबार बिहान विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘हाम्रो देशको रणनीतिक महत्वका कारणले भूराजनीतिक शक्तिहरूको चासो दिन प्रतिदिन बढिरहेको छ । यद्यपि यो सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू विभिन्न प्रकारका चलखेल र षड्यन्त्रमा लागिसकेका छन्।’

प्रकाशित: २६ फागुन २०८० १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =