झलनाथले इलाम पुगेर भेटे धर्मगुरु

हिमाल प्रेस ८ वैशाख २०८१ ९:१६
12
SHARES
झलनाथले इलाम पुगेर भेटे धर्मगुरु

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङसँग भेटदर्शन गरेका छन्।

शुक्रबार इलामको माङसेबुङ ५ स्थित गुरु निजी आश्रममा पूर्व प्रधानमन्त्री खनालले किरात धर्मगुरुसँग मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङसँग भेटदर्शन गरेका हुन्।

भेटदर्शनमा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगु र कोशी प्रदेशका पूर्वमन्त्री तथा संसद खिनु लङ्वा समेत सहभागी थिए।

आगमी वैशाख १५ गते हुन लागेको इलाम २ को उपनिर्वाचन नजिकिन्दै जाँदा राजनीतिक दलका शीर्ष नेताहरुले किरात धर्मगुरुसँगको भेट दर्शनलाई बढाएका छन्।

 

प्रकाशित: ८ वैशाख २०८१ ९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =