सुमिना र सोनामको स्वरमा सेलो भाका ‘ग्याल्मो’ सार्वजनिक

हिमाल प्रेस ३ पुष २०८० १२:०३
648
SHARES
सुमिना र सोनामको स्वरमा सेलो भाका ‘ग्याल्मो’ सार्वजनिक

काठमाडौँ– सुमिना लो र सोनाम लामाको स्वरमा तामाङ सेलो ‘ग्याल्मो’ सार्वजनिक भएको छ। पर्पल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोले तामाङ समुदायको परम्परागत संस्कार देखाइएको छ।  तामाङ समुदायमा अभिभावकले सानै उमेरमा बालबालिकाको विवाह तोकिदिने परम्परा छ।

जुनपछि गएर प्रेम सम्बन्धमा तगारो बनेको भिडियोमा देख्न सकिन्छ। गीतले परम्पराभन्दा सन्तानको खुसी रोज्नुपर्ने सन्देश दिन खोजेको छ।

गायक साेनाम र फुलमान बलको शब्द रहेको गीतमा सुसन लामाले संगीत भरेका छन्। फणीन्द्र राईको संगीत संयोजन रहेको गीतको मिक्सिङ र मास्टरिङ सुमन खड्काले गरेका छन्।

गीतकोे भिडियोमा अनु थापा, सोनाम लामा, सुर्यमान लिम्बू, सुनिल तामाङ, ज्ञानबहादुर दोङ, उत्तर कुमार लामा, सेते लामा र बाल कलाकार दिप पाख्रीन, अम्बो तामाङ र रोनक लामाको अभिनय छ।

इँगिहोपो कोँइच सुनुवार र सोनाम लामाको कथा रहेको गीतको भिडियो निर्देशन सोनाम लामाले  नै गरेका छन् भने अनिल लामाको सम्पादन छ।

गीत जेसुम क्रियसनको प्रस्तुति र ममा आर्ट्सको सहकार्यमा निर्माण भएको हो। गीत जेसुम क्रियसनकै अफिसियल युट्यब च्यानलबाट सार्वजनिक गरिएको छ।

 

प्रकाशित: ३ पुष २०८० १२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + seven =