तामाङ समुदायको कथा ‘मासिन्या’ मञ्चन हुँदै

हिमाल प्रेस २२ पुष २०८० १८:१७
162
SHARES
तामाङ समुदायको कथा ‘मासिन्या’ मञ्चन हुँदै

काठमाडौँ– तामाङ समुदायको कथामा आधारित नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ। बुद्धि तामाङ र सोनाम लामाको परिकल्पना तथा निर्देशनमा नाटक मञ्चन हुन लागेको हो।

थापागाउँस्थित मण्डला नाटकघरमा माघ ११ देखि २८ सम्म मञ्चन हुने नाटकलाई ‘शताब्दीऔँदेखि गढेको खिल’  भनिएकाे छ। नाटकमा साहित्यकार लक्ष्मी रुम्बा, राजु स्याङ्तान, राबतको संयुक्त लेखन छ।

नाटकले मासिन्याका रुपमा वर्षौदेखि उत्पीडनमा पारिएका तामाङ समुदायको पीडालाई देखाउन खोजिएको निर्देशक सोनाम लामाले बताए। लामाका अनुसार अहिले थापागाउँकै कुञ्ज नाटकघरमा ‘मासिन्या’को रिहर्सल भइरहेको छ। राजनीतिक, आर्थिक, सामाजिक तथा राज्यको दलनबाट उत्पीडन र सीमान्तकृत समुदायको कथालाई नाटकले उजागर गर्ने लामाकाे बुझाई छ।

नाटकमा निर्देशक सोनामसहित कलाकार रमिला मोक्तान, रविन दोङ, इँगिहोपो कोँइच सुनुवार, रोहनी लामा, विजय नेपाल, सचिन बोम्जन, शीतल थोकर, निर्मल साउद, अजय लामा र सानुमाया थोकरको अभिनय छ।

सोमबारबाहेक साताको प्रत्येक दिन साझ ५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजेको अतिरिक्त शो पनि हुने जनाइएको छ।

प्रकाशित: २२ पुष २०८० १८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =