फिल्म ‘यो मन त मेरो नेपाली हो’ बन्दै

हिमाल प्रेस ६ मंसिर २०८० १३:४५
6
SHARES
फिल्म ‘यो मन त मेरो नेपाली हो’ बन्दै

काठमाडौँ– ‘यो मन त मेरो नेपाली हो’ नाममा फिल्म बन्ने भएको छ। अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर)ले फिल्म निर्देशन गर्नेछन्।

निर्देशक प्रधानकै कथा रहेको फिल्म शिवम अधिकारीको लेखेका छन्। फिल्मको कथावस्तु विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गरिनेछ।

फिल्म  नेपालीहरु कसरी भुटान, म्यानमार, भारतलगायत देशमा  बस्न पुगे  र उनीहरुको अहिलेको अवस्थामा केन्द्रित रहने निर्माण टिमले जनाएको छ।

फिल्ममा विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, रोशन श्रेष्ठ, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुव दत्तलगायत कलाकारको अभिनय रहनेछ।

फिल्म पद्मा ईश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा बन्नेछ। फिल्मको छायांकन पाँचथरबाट गरिएको छ। सौरभ लामाले छायांकन गरिरहेकाे फिल्म झापा, सिक्किम, म्यानमार, देहरादून, क्यानडा, अमेरिकालगायत अन्य देशमा गरिनेछ।

फिल्ममा दिपक शर्माको संगीत, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =