नयाँ फिल्ममा पुरुषको भूमिकामा देखिँदै पूजा शर्मा

हिमाल प्रेस २ वैशाख २०८३ ११:१७ | Wednesday, April 15, 2026
8
SHARES
नयाँ फिल्ममा पुरुषको भूमिकामा देखिँदै पूजा शर्मा

काठमाडौँ- अभिनेता विजय बराल र अभिनेत्री पूजा शर्मा पहिलो पटक एउटै फिल्ममा देखिने भएका छन्। निर्देशक मुस्कान ढकालको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘रत्यौली’ मा उनीहरूको जोडी बाँधिन लागेको हो।

नयाँ वर्षको अवसर पारेर मंगलबार निर्माण टिमले फिल्मको आधिकारिक पोस्टर समेत सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा विजय र पूजा परम्परागत रत्यौली नृत्यमा रमाइरहेको देखिन्छ।

विशेष गरी पूजा शर्मा पुरुषको पहिरनमा जुँगासहित देखिएकी छन् भने विजय पनि लामो घुम्रिएको कपाल र जुँगासहित खुसी मुद्रामा प्रस्तुत छन्।

उनीहरूको पछाडि महिलाहरू थपडी बजाउँदै नाचगानमा व्यस्त देखिन्छन्। नाइटिङ्गेल इन्टरटेन्मेन्ट र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको यस फिल्मका निर्माता सुरज आचार्य हुन् भने प्रस्तुतकर्ता स्वयं पूजा शर्मा रहेकी छन्।

यो फिल्ममार्फत उनले निर्देशक सुदर्शन थापासँगको लामो सहकार्यपछि पहिलो पटक स्वतन्त्र रूपमा निर्माणमा हात हालेकी हुन्।

फिल्म ‘रत्यौली’ निर्देशक ढकालका लागि पनि विशेष मानिएको छ। उनी करिब सात वर्षपछि निर्देशनमा फर्किन लागेका हुन्।

यसअघि उनले ‘नाइँ नभन्नू ल ३’बाट निर्देशन यात्रा सुरु गरेका थिए र पछि चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म निर्माण गरेका थिए। ‘रत्यौली’ उनको तेस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ।

फिल्मको कथा, संगीत र अन्य कलाकारबारे भने निर्माण टिमले विस्तारै सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित: २ वैशाख २०८३ ११:१७ | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast