‘मासिन्या’ विभेद विरुद्धको सिर्जनात्मक हस्तक्षेप होः राजु स्याङ्तान

हिमाल प्रेस ९ माघ २०८० १७:२८
94
SHARES
‘मासिन्या’ विभेद विरुद्धको सिर्जनात्मक हस्तक्षेप होः राजु स्याङ्तान

काठमाडौँ-  नाटक ‘मासिन्या’ तामाङ समुदायलाई राज्य सत्ताले गरिरहेको विभेद विरुद्धको सिर्जनात्मक हस्तक्षेप रहेको नाटकका लेखक राजु स्याङ्तानले बताए।

थापागाउँस्थित मण्डला थिएटरमा नाटकबारे मंगलबार गरिएको पत्रकार सम्मेलनमा नाटकबारे बाल्दै लेखक राजुले यस्ताे बताएका हुन्। लेखक स्याङ्तानका अनुसार करिब दुई वर्ष लगाएर नाटक तयार गरिएको हो।

‘मासिन्या’ले जङ्गबहादुरको समयदेखि अहिलेसम्म तामाङ बस्ती कसरी रित्तिदै गएको छ भन्ने कथा भन्छ’,उनले भने, ‘हामीले कविता, पुस्तक र गीत, त लेखिरहेका छौं। यतिले पुगेन भन्ने लाग्याे र हाम्रो मौलिकता बोकेको माटो र पीडाको कथा भन्न नाटकको माध्यम रोजेका छौं।’

तामाङ समुदायमा नाटकको परम्परा र अभ्यास न्यून देखिए पनि मासिन्याले त्यसमा टेवा पु¥याउने उनको विश्वास छ।

समुदायभित्र गढेर बसेको पीडालाई नाटकका रूपमा समुहको पहिलो प्रयास भएको बताउँदै अर्का लेखक लक्ष्मी रुम्बाले तामाङको मात्र नभएर नाटकले समग्र राज्य प्रणालीको विभेदमा पिल्सिएका सिमान्तकृत समुदायको कथा व्यक्त गर्ने बताइन्।

अहिलेको खुल्ला र गणतान्त्रिक राज्य प्रणालीको समाजमा सबैले आफ्नो कुरा राख्न सिर्जनात्मक बाटो रोज्नुपर्ने नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेको भनाई थियो। ‘हामीले एकले अर्काको कुरा सुनेर अब एक हुनुपर्छ। राणाकाल, पञ्चायतकालमा हामीले आफ्नो कुरा राख्न पाएनौं। अब बन्दुकले होइन सिर्जना मार्फत हस्तक्षेप गर्नुपर्ने हुन्छ’उनले भने।

सम्मेलनमा नाटकका लेखकहरु राजु, लक्ष्मीसहित नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, ताम्सालिङ संघर्ष समितिका अध्यक्ष गणेश योन्जन लगायत पत्रकारहरुको सहभागिता थियो।

माघ ११ देखि २८ सम्म  मण्डला थिएटरमा मञ्चन हुने नाटकलाई ‘शताब्दीऔँदेखि गढेको खिल’ भनिएको छ। नाटकमा साहित्यकार लक्ष्मी रुम्बा, राजु स्याङ्तान, राबतको संयुक्त लेखन छ।

नाटकको परिकल्पना तथा निर्देशन बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्। नाटकमा निर्देशक सोनामसहित कलाकार रमिला मोक्तान, रविन दोङ, इँगिहोपो कोँइच सुनुवार, रोहनी लामा, विजय नेपाल, सचिन बोम्जन, शीतल थोकर, निर्मल साउद, अजय लामा र सानुमाया थोकरको अभिनय छ।

सोमबारबाहेक साताको प्रत्येक दिन साझ ५ बजे मञ्चन हुने भनिएको नाटक शनिबार भने दिउँसो १ बजेको अतिरिक्त शो पनि हुने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 10 =