मण्डला थिएटरमा एकैसाथ दुई नाटक मञ्‍चन हुँदै

हिमाल प्रेस २९ जेठ २०८० १२:३०
8
SHARES
मण्डला थिएटरमा एकैसाथ दुई नाटक मञ्‍चन हुँदै

काठमाडौँ– थापागाउँस्थित मण्डला थियटरमाअसार पहिलो सातादेखि एकै साथ २ नाटक मञ्चन हुने भएको छ। असार ७ गतेदेखि नाटक ‘कोराघाट’ र असार ८ गते देखि नाटक ‘हिउँभन्दा चिसो’ मञ्चन गर्न लागिएको थिएटर टिमले जनाएको छ।

थिएटर टिमका अनुसार नाटक ‘कोराघाट’मा थिएटर ल्याबको ११ औं ब्याचका प्रशिक्षार्थीको प्रस्तुति रहनेछ। ३ महिनासम्म अभिनयको आधारभूत प्रशिक्षण लिएका प्रशिक्षार्थीहरूले सिकेको कला मञ्चमा प्रदर्शन गर्न लागिएको हो।

वरिष्ठ रंगकर्मी तथा अभिनेता कमलमणि नेपालले निर्देशन रहेको ‘कोराघाट’ नाटकका लेखक कुमार नगरकोटी हुन्। उक्त नाटक नगरकोटीको कथा ‘कोराघाट’का क्रियापुत्रीहरूमा आधारित छ। नाटक असार २१ गतेसम्म मञ्चन गरिने छ। सोमबारबाहेक प्रत्येक दिन साँझ ४ बजे मञ्चन गरिने नाटक शनिबार दिउँसो सवा १२ बजेको अतिरिक्त सो पनि हुनेछ।

यस्तै नाटक ‘हिउँभन्दा चिसो’ साउन १४ गतेसम्म मञ्चन गरिनेछ। मण्डला थिएटर नेपालको प्रस्तुति रहने नाटकका निर्देशक सोमनाथ खनाल हुन्।

नाटकमा कलाकार भोलाराज सापकोटा, रेणु योगी, गोविन्द सुनारलगायतको अभिनय रहनेछ। नाटकको कथावस्तु र परिवेश नखुलाइएको छैन। नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साँझ पौने छ बजे मञ्चन गरिने छ। शनिबार दिउँसो साढे २ बजे अतिरिक्त सो हुने थिएटरले जनाएको छ।

प्रकाशित: २९ जेठ २०८० १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =