‘यौटा सपनाको अवसान’ मञ्चन हुने 

हिमाल प्रेस २६ फागुन २०७९ ११:३९
8
SHARES
‘यौटा सपनाको अवसान’ मञ्चन हुने 

काठमाडौँ- नाटक ‘यौटा सपनाको अवसान’ मञ्चन हुने भएको छ। एक्टर्स स्टुडियो र मण्डला थिएटरको सहकार्यमा नाटक मञ्चन हुनेछ। निर्देशन र परिकल्पना अनुप बरालको रहेको नाटक चैत १० देखि वैशाख १० सम्म मञ्चन हुनेछ।

निर्देशक बरालले नाटकका पोस्टर सामाजिक सञ्जालमा सेयर गर्दै नाटकबारे जानकारी दिएका हुन्। ‘सुख के हो? र खुसी के हो? सबै सुखको पछि छन् खुसीलाई बिर्सिएर। आउनुस्, खुसी र सुखको परिभाषा एकफेर हेरौँ,’ सामाजिक सञ्जाल फेसबुकमा नाटकको पोस्टर सेयर गर्दै उनले क्याप्सन लेखेका छन्।

यस अर्थमा नाटकले खुसी र सुखको परिभाषालाई बहसमा ल्याउन चाहेको बरालले खुलाएका छन्।

अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’को नेपाली अनुवाद हो, ‘यौटा सपनाको अवसान’। आर्थर मिलरद्वारा लिखित यस नाटकलाई कवि विप्लव प्रतीकले नेपालीमा अनुवाद गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 4 =