ऋण लिएर १० ठाउँ लगानी गर्ने र खाने, अहिले तिर्दिनँ भन्न पाइँदैन : अर्थमन्त्री

हिमाल प्रेस ६ मंसिर २०८० २१:४३
16
SHARES
ऋण लिएर १० ठाउँ लगानी गर्ने र खाने, अहिले तिर्दिनँ भन्न पाइँदैन : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा‍. प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा गइरहेको बताएका छन्। मध्यपुर थिमि नगरपालिकाले शंखधर साख्वा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजोका दिनमा जग्गा र सेयरमा बढी ऋण प्रवाह भएकाले त्यसबाट प्रतिफल नआउँदा अर्थतन्त्रमा समस्या आएको उल्लेख गरेका हुन्।

‘हिजोको दिनमा धेरै ऋण प्रवाह गरियो, धेरै मानिसले जग्गा र सेयरमा लगानी गरे । यसैको प्रतिफल हो, हातमा नगद छैन, ऋण तिर्न धौधौ परेको छ,’ उनले भने, ‘जसले धेरै ऋण लिएका थिए, ऊ नै किन तिर्ने भन्दै हिँडिरहेका छन्।’

उनले ऋण तिर्दिनँ भन्न नपाइने बताए। ‘दुरुपयोग गर्नेको कुरा छाडौं, तर कोही गर्दागर्दै पनि साँच्चिकै समस्यामा परेका छन्। जो काम गर्न खोज्दाखोज्दै विविध परिस्थितिले अप्ठ्यारोमा परे त्यसलाई राज्यले हेर्नेछ। ऋण लिने, १० ठाउँमा लगानी गर्ने र खाने तर तिर्दिनँ भन्न चाहिँ पाइँदैन,’ उनले भने।

उनले विप्रेषण र पर्यटक धेरै आएको भन्दै अर्थतन्त्र सकारात्मक दिशामा रहेको दाबी गरे।

प्रकाशित: ६ मंसिर २०८० २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =