उत्पादकत्व बढाउने क्षेत्रमा लगानी वृद्धि गर्न अर्थमन्त्रीको आग्रह

हिमाल प्रेस २३ चैत २०८० २१:३६
28
SHARES
उत्पादकत्व बढाउने क्षेत्रमा लगानी वृद्धि गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा रोजगारी सिर्जना र उत्पादकत्व बढाउने क्षेत्रमा केन्द्रित भई लगानी बढाउन विकास साझेदारहरूसँग आग्रह गरेका छन्।

शुक्रबार विश्व बैंकको दक्षिण एसिया र नेपाल विकास अपडेट, २०२४ सार्वजनिक कार्यक्रममा अर्थमन्त्री पुनले यस्तो आग्रह गरेका हुन्।

उनले दक्षिणएसियामा अन्य मुलुकको तुलनामा नेपालले राम्रो प्रदर्शन गरिरहेको समेत बताए। यद्यपि मुलुकभित्र रोजगारी अभावले युवा पलायन भइरहेको भन्दै नेपालमा रोजगारी सिर्जनाका कार्यक्रमको आवश्यकता रहेको बताए।

एकातर्फ पूर्वाधार क्षेत्रमा उच्च रोजगारको आवश्यकता रहेको र अर्कोतर्फ काम गर्ने उमेरका युवाशक्ति काम र अध्ययनका लागि बिदेसिरहेको सन्दर्भमा मुलुकभित्रै रोजगारी सिर्जना र उत्पादकत्व सिर्जना गर्नु आवश्यक रहेको उनले बताए।

सोही अनुसारको स्रोत बढाउन उनले विकास साझेदारसँग आग्रह समेत गरे। उनले विश्व बैंकको यो प्रतिवेदन नेपालको नीति निर्माणमा सहयोगी हुने समेत विश्वास व्यक्त गरे।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालय केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्राध्यापक डा. रेशम थापाको सहजिकरणमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, साउथ एसियन वुमेन डेभलपमेन्ट फोरमकी संस्थापक अध्यक्ष प्रमिला आचार्य रिजाल र नेपालका लागि स्वीस राजदूतले नेपालमा रोजगार सिर्जनाको सम्भावनाबारे छलफल गरेका थिए।

प्रकाशित: २३ चैत २०८० २१:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 11 =