करका दर निर्धारण औचित्यपूर्ण हुन्छ : अर्थमन्त्री पुन

हिमाल प्रेस २४ वैशाख २०८१ १९:०९
12
SHARES
करका दर निर्धारण औचित्यपूर्ण हुन्छ : अर्थमन्त्री पुन फाइल तस्बिर।

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले अबका दिनमा करका दर निर्धारण औचित्यपूर्ण हुने बताएका छन्।

काठमाडौँमा आज (सोमबार) आयोजित एक कार्यक्रममा मन्त्री पुनले सरकारले राजस्व परामर्श समितिको सिफारिस र सरोकारवाको सुझावका आधारमा पारदर्शी रूपमा करको दायरा हेरफेर गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले विदेश जानेको संख्या घटेको र गएकालाई फर्काउन प्रयास भइरहेको बताए। विदेश गएकाबाट ज्ञान, सीप र पुँजी हस्तान्तरणको प्रक्रिया जारी रहेको बताउँदै उनले सूचना प्रविधिका क्षेत्रमा यसको राम्रो उदाहरण देखिएको उल्लेख गरे।

उनले आगामी बजेटमा जनतामा आशा जगाउने र युवालाई प्रोत्साहन हुने कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे। बहसमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल, गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाललगायत सहभागी थिए।

प्रकाशित: २४ वैशाख २०८१ १९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =