सम्पत्ति विवरण सार्वजनिक गरिदिन माग गर्दै रास्वपाका चार मन्त्रीले दिए प्रधानमन्त्री कार्यालयमा निवेदन

हिमाल प्रेस २४ वैशाख २०८१ १८:५७
10
SHARES
सम्पत्ति विवरण सार्वजनिक गरिदिन माग गर्दै रास्वपाका चार मन्त्रीले दिए प्रधानमन्त्री कार्यालयमा निवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तस्बिर : दीपेश श्रेष्ठ

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को वेबसाइटमा प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मको सम्पत्ति विवरण प्राप्त भए नभएको मात्र उल्लेख गरिएको छ। सार्वजनिक पद भएकाले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने आवाज उठ्दै आएको छ। प्रधानमन्त्री कार्यालयको वेबसाइटमा उल्लेख भए अनुसार २३ सदस्यीय मन्त्रिपरिषद्‌मा दुई जना मन्त्री र एक जना राज्यमन्त्रीको सम्पत्ति विवरण प्राप्त भएको छैन।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, पर्यटनमन्त्री हितबहादुर तामाङ र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीको सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा प्राप्त भएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा पत्राचार गरेका छन्।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले छुट्टाछुट्टै पत्र लेखी आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन अनुरोध गरेका हुन्।

प्रकाशित: २४ वैशाख २०८१ १८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 6 =