आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री

हिमाल प्रेस ७ पुष २०८० १४:५७
6
SHARES
आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

सीआईएन युथ इन्टरपेनीयर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को शनिबार काठमाडौँमा उद्घाटन गर्दै अर्थमन्त्री महतले आईटी क्षेत्रमा निर्यात बढिरहेको र आगामी दिनमा अझ बढ्न सक्ने बताए।

सूचना प्रविधि क्षेत्रको विकाका लागि सरकारले सकेसम्म योगदान गर्ने उनको भनाइ छ। युवालाई विदेशिनबाट रोक्न सूचना प्रविधिको क्षेत्रमा परिचालन गर्नुपर्नेमा उनले जोड दिए।

उनले सरकारले आईटी नीति बजेटमार्फत कार्यान्वयनतर्फ लगिएको जानकारी दिँदै ५० प्रतिशतभन्दा थोरै कर लगाउने व्यवस्था गरेको पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 13 =