घनश्याम भुसाल भन्छन् : गाडी र साडी मात्रै बेचेर मुलुक बन्दैन

हिमाल प्रेस २२ वैशाख २०८१ १९:२५
12
SHARES
घनश्याम भुसाल भन्छन् : गाडी र साडी मात्रै बेचेर मुलुक बन्दैन

लुम्बिनी- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गाडी र साडि मात्रै बेचेर मुलुककाे विकास नहुने बताएका छन्।

एकीकृत समाजवादी संगठन लुम्बिनी प्रदेशले शनिबार दाङकाे भालुवाङमा आयोजना गरेको जनसंगठनको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्पादन नगरी अर्काको देशमा उत्पादित गाडी र साडी मात्रै बेचेर मुलुककाे विकास हुन नसक्ने तर्क गरेका हुन्।

उनले राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा नजाँदासम्म मुलुकअगाडि बढन नसक्ने बताए।

‘अहिले हाम्रो देशमा उत्पादनमा आधारित उद्योग नै स्थापना गर्ने सकेनौं,त्यसैले युवा पलायन भईरहेका छन्’ महासचिव भुसालले भने,‘अब नेपाल राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा जाने नीति लिएका छौं।’

उनले रोजगारी सृजाना गर्दै मुलुकमा दश वर्षभित्र राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने बताए। नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्दा सामन्ती सत्ता रहेको तर अहिले दलाल पुँजीवाद रहेकाले त्यससँग जुध्न राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने बताए।

भुसालले नेकपा एकीकृत समाजवादीको महाधिवेशले अहिलेको विद्यमान समस्याबाट निकास निकाल्ने गरी नीति बनाउने समेत दाबी गरे। उनले अहिले देशमा उद्योगधन्दा धारासायी भएको र निजी क्षेत्र उत्साही हुन नसकेको बताउँदै यसको कारण दलहरूमा वैचारिक अस्पष्टता रहेको बताए।

उनले अब उद्याेगधन्दालाई प्रोत्साहन गर्दै त्यस्ता उद्योगलाई विद्युत, करलगायतमा छुट दिने नीति ल्याउनुपर्ने बताए।

प्रकाशित: २२ वैशाख २०८१ १९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =