भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति

हिमाल प्रेस ११ असोज २०८० २०:२८
6
SHARES
भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा भारतको पाँचदिने भ्रमण सकेर आज (बिहीबार) स्वदेश फर्किएका छन्।

नयाँ दिल्लीमा भारतीय सेना र अमेरिकी सेनाको संयुक्त अयोजनामा भएको तेह्रौँ संकरणको इन्डो–प्यासिफिक चिफ्स कन्फ्रेन्स (आईपीएसीसी)लगायतको कार्यक्रमका लागि असोज ७ गते भारत पुगेका थिए।

नयाँ दिल्लीमा रहँदा प्रधानसेनापति शर्माले अष्ट्रेलिया, बंगलादेश, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र भारतका समकक्षीहरूका साथै भारतका चीफ अफ डिफेन्स स्टाफसँग बेग्लाबेग्लै भेटघाट गरेका थिए। उनले नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजको अवलोकन पनि गरेका थिए।

प्रकाशित: ११ असोज २०८० २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + ten =