उपरथीमा पदोन्नति भएकाहरूलाई दर्ज्यानी चिह्न प्रदान

हिमाल प्रेस १३ फागुन २०८० २०:१७
20
SHARES
उपरथीमा पदोन्नति भएकाहरूलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नति भएका सुनिल श्रेष्ठ, अनुपजंग थापा र प्रकाश देउजालाई आज (आइतबार) जंगी अड्डामा आयोजित एक कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

पदोन्नतिसँगै उपरथी श्रेष्ठ मध्यपश्चिम पृतनापति, उपरथी थापा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सहसंयोजक र उपरथी देउजा संभाररथी विभागमा नियुक्त भएका छन्। उनीहरू सरकारको फागुन ६ गतेको निर्णयअनुसार उपरथीमा पदोन्नति भएका हुन्।

 

प्रकाशित: १३ फागुन २०८० २०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twelve =