प्रधानसेनापति र जनमुक्ति सेनाका उपप्रमुखबीच शिष्टाचार भेट

हिमाल प्रेस २७ फागुन २०८० १९:४७
प्रधानसेनापति र जनमुक्ति सेनाका उपप्रमुखबीच शिष्टाचार भेट

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालको भ्रमणमा रहेका चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख मेजर जनरल झाङ पाकुनले ज‌ंगीअड्डामा शिष्टाचार भेट गरेका छन्।

त्यस अवसरमा उनीहरूले दुई छिमेकी देशका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच रहिआएको सम्बन्धका विविध पक्ष एवं आपसी चासोका विषयमा छलफल गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

शनिबारदेखि नेपाल भ्रमणमा रहेको उपप्रमुख पाकुन नेतृत्वको ६ सदस्यीय टोलीले काठमाडौँ, लुम्बिनी तथा पोखराका विभिन्न सांस्कृतिक र पर्यटकीयस्थलको भ्रमण गर्ने कार्यक्रम छ। चार दिवसीय भ्रमणका लागि नेपाल आएको उक्त टोली फागुन २९ गते स्वदेश फर्कनेछ।

प्रकाशित: २७ फागुन २०८० १९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + sixteen =